स्थानीय तह निर्वाचनका लागि प्रमुख तीन दलद्वारा उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचनका लागि प्रमुख तीन दलद्वारा उम्मेदवारी दर्ता

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

ललितपुर, बैशाख १९ ।
स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तीन दलहरूले आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुरको गोदावरी नगरपालिमा नेपाली कांग्रेसले गजेन्द्र महर्जन, नेकपा (एमाले)ले श्याम सिलवाल र नेकपा (माओवादी केन्द्र)ले गोविन्द महर्जनलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ ।

त्यसैगरी नगर उपप्रमुखमा कांग्रेसले मुना अधिकारी कुँवर, एमालेले तारा सञ्जेल र (माओवादी केन्द्र)ले सीता घिमिरेलाई उम्मेदवार बनाएको छ ।
यस्तै महालक्ष्मी नगरपालिमा कांग्रेसले महेश खड्का, एमालेले रामेश्वर श्रेष्ठ र (माओवादी केन्द)ले शिव कट्टेललाई नगर प्रमुखकको उम्मेदवार बनाएको छ । उपप्रमुखमा कांग्रेसले लक्ष्मी श्रेष्ठ, एमालेले निर्मला थापा र (माओवादी केन्द्र)ले लक्ष्मी सिंह महर्जनलाई उम्मेदवार बनाएको छ ।

यसैगरी वाग्मती गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले वीरबहादुर लोप्चन, एमालेले दुर्गा घिमिरे र (माओवादी केन्द्र)ले राजु आलेमगरलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा कांग्रेसले रञ्जना तिमिल्सिना, एमालेले डोलकुमार सिँतान र (माओवादी केन्द्र)ले कमला थापामगरलाई उम्मेदवार बनाएको छ ।

कोञ्ज्यो गाउँपालिकाको अध्यक्षमा कांग्रेसले राजन घिमिरे, एमालेले कृष्णमान लामा र (माओवादी केन्द्र)ले गोपी सिँतानलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा कांग्रेसले लक्ष्मीमाया लोप्चन, एमालेले सुष्मिता दुलाल घिमिरे र (माओवादी केन्द्र)ले मिग्मा लामालाई उम्मेदवार बनाएको छ ।

यस्तै महाङ्काल गाउँपालिकाको अध्यक्षमा कांग्रेसले भीमसेन घिमिरे, एमालेले रामचन्द्र दाहाल र (माओवादी केन्द्र)ले बुद्ध नेगीलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा कांग्रेसले सुशीला अधिकारी, एमालेले कमला तामाङ र (माओवादी केन्द्र)ले बिमला आचार्यलाई उम्मेदवार बनाएको छ ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीकाअनुसार जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ