काठमाडौ १९ वैशाख ।
आगामी वैशाख ३१ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि ३४ जिल्लामा उम्मेद्धारी मनोनयन दर्ता भएको छ ।
आयोगले तोकेको बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा पहिलो चरण अन्तरगत प्रदेश नम्बर ३, ४ र ६ का गरी तीन प्रदेशका ३४ जिल्लामा २ सय ८३ स्थानीय तहका लागि दलगत तथा स्वतन्त्र रुपमा उमेद्वारी परेको छ ।
सबै जिल्लामा शान्तिपुर्ण रुपमा नै उमेदवारी दर्ता भएको आयोगले जनाएको छ । मुलुकभरबाट पुर्ण विवरण भने आउन बाँकी रहेको निर्वाचन आयोगका प्रवत्ता सुर्य प्रसाद शर्माले बताउनु भयो ।
निर्वाचन कार्यतालिका अनुसार आयोगले केहिबेरमा उमेदवारको सुची सार्वजनिक गर्ने तयारी गरेको छ । यस्तै भोली बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारको दावी विरोधमा उजुरी दर्ता गर्ने समय तोकेको छ ।
वैशाख २१ गते मनोनयन पत्र जाँच गर्नेछ भने सोही दिन मनोनयन भएको उमेदवारको नामावाली प्रकाशन गर्ने आयोगको तयारी छ । उमेदवारको नामावली फिर्ताका लागि २१ गते नै दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।
उमेदवारको अन्तिम नामावली प्रकाशनका लागि वैशाख २२ गते १० बजेदेखि ११ बजेसम्मको समय निर्धारण गरेको छ भने उम्मेदवारलाई निर्वाचन चिन्ह पनि २२ गते नै प्रदान गरिने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यसपछि वैशाख ३१ गते स्थानीय तहको नेतृत्व चयनका लागि मुलुकभरका ७ सय ४४ स्थानीय तह मध्ये पहिलो चरणमा २ सय ८३ तहका ४ हजार ६० मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।