ललितपुर, बैशाख १९ ।
माओवादी केन्द्रले ललितपुरबाट महानगरपालिकाका लागि मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ ।
मेयर पद्मा दिनेश महर्जन, दिपेशको उम्मेदवारी दर्ता गराएको हो । उपमेयरमा मन्जली शाक्यको उम्मेदवारी दर्ता गराउन जाँदा मतदाता लिस्ट मै नाम नभएकाले दर्ता हुन सकेन ।
दिपेश माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन् भने शाक्य केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।
राप्रपा पार्टीबाट मेयरमा राजुकाजी प्रधान र उपमेयरमा हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमालेबाट मेयरमा हरिकृष्ण बेन्जनकार र उपमेयरमा सुकमाया तामाङले उम्मेदवार दर्ता गराएका छन् भने मालेबाट मेयर र उपमेयरमा क्रमशः मोहनराज शाक्य र लक्ष्मी कुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline