राजपा नेपाल निर्वाचनमा नजाने , फोरमबिरुद्ध खेद प्रस्ताव पारित गर्ने तयारी

राजपा नेपाल निर्वाचनमा नजाने , फोरमबिरुद्ध खेद प्रस्ताव पारित गर्ने तयारी

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाण्डौ , १९ बैशाख ।

राष्ट्रिय जनता पार्टी नेपालले पहिलो चरणको स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।

संविधान संशोधन लगायत मागहरु पुरा नभएको भन्दै राजपा नेपालले पहिलो चरणको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । बिहान १० बजेबाट सुरु उम्मेद्वार मनोनयन प्रक्रियामा समेत राजपा नेपाल सहभागी भएको छैन ।

यस्तै राजपा नेपालले पहिलो चरणको निर्वाचनमा भाग लिने संघीय समाजवादी फोरमको तयारीप्रति आपत्ती जनाएको छ ।

संघीय गठबन्धनले उठाएका माग सम्बोधन नहुँदै समाजवादी फोरम निर्वाचनमा जान लागेको भन्दै सो पार्टीले विरोध जनाएको हो । राजपा नेपालको जारी केन्द्रीय समिति बैठकबाट समाजवादी फोरम बिरुद्ध खेद प्रस्ताव पारित गर्ने तयारी गरेको समेत बताईएको छ ।

समाजवादी फोरमले नयाँशक्तिसंग मिलेर निर्वाचनमा जाने तयारी गरेको छ । दुइ दलले संयुक्त रुपमा काठमाडौंको प्रमुखमा पवित्र बज्राचार्य र उप प्रमुखमा सविना अर्याललाई उठाउने निर्णय गरेका छन् ।

यसैबीच पार्टी एकीकरणपछि राष्ट्रिय जनता पार्टीको पहिलो केन्द्रीय समिति बैठक जारी छ । निर्वाचन आयोगमा दल दर्ताको तयारी, पार्टीको विधान र पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाइएको पार्टीका नेता मनिश कुमार सुमनले बताउनुभयो ।

राजधानीको एक पार्टी प्यालेसमा जारीे बैठकले पार्टी विधानलाई अन्तिम रुप दिने, निर्वाचन आयोगमा दल दर्ताको प्रयोजनका लागि आवश्यक तयारी गर्ने सम्वन्धमा निर्णय गर्नेछ ।

आफ्ना माग सम्बोधन नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले केन्द्रीय समितिको बैठकबाट पुनस्समर्थन गर्ने सम्बन्धमा समेत निर्णय गर्ने नेता सुमनले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ