कामपा र ललितपुर महानगरपालिकामा कांग्रेस र स्वतन्त्र पार्टीबाट उम्मेदवारी घोषणा

कामपा र ललितपुर महानगरपालिकामा कांग्रेस र स्वतन्त्र पार्टीबाट उम्मेदवारी घोषणा

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, बैशाख १९ ।
सत्तारुढ दल नेपाली कांग्रेसकोतर्फबाट नेता राजुराज जोशीले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी, उप–मेयरमा हरिप्रभा खड्कीले उम्मेदवारी दिएकी छन् ।

मेयर पदमा उम्मेदवारी दिएका जोशी २०४७ सालमा जिल्ला कार्यसमिति काठमाडौंका सचिवसमेत थिए । त्यसबेला काठमाडौं जिल्लाको पार्टी सभापति प्रकाशमान सिंह रहेका थिए । उम्मेदवार जोशी वरिष्ठ नेता प्रकाशमान सिंह निकट मानिन्छन् ।

हाल जोशी कांग्रेसको महासमिति सदस्य रहेका छन् भने उद्योगमन्त्री नविन्द्रराज जोशीका दाई हुन् । कांग्रेसको आज बसेको पदाधिकारी बैठकले काठमाडौंको मेयरलगायत स्थानीय तहका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।

यसैगरी, वरिष्ठ पत्रकार रविन्द्र मिश्रको साझा पार्टी निर्वाचन आयोगमा दर्ता हुन बाँकी रहेका कारण सो पार्टीकोतर्फबाट ललितपुरमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदका लागि रमेश महर्जन र उप–मेयरमा शोभा शाक्यको नाम दर्ता गराएका छन् । उनीहरूको योजना ललितपुरलाई एउटा नमुना शहरको रूपमा विकास गर्न हाकिम भएर होइन कामदार भएर काममा निष्ठापूर्ण भई अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । भूकम्पले भत्काएका सांस्कृतिक सम्पदाको जिर्णोद्धार कार्यलाई समापन गर्ने उनीहरूको लक्ष्य रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी