रसुवा जिल्लामा बैशाख ३० गतेभित्र मतदाता परिचयपत्र लिन आह्वान

रसुवा जिल्लामा बैशाख ३० गतेभित्र मतदाता परिचयपत्र लिन आह्वान

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

रसुवा, बैशाख १९ ।
यही बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ ।

रसुवा जिल्लाका निर्वाचन अधिकृत नवीन खालिङकाअनुसार मतदान केन्द्रमा प्रवेशका लागि निर्वाचन आयोगले तयार गरेको तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्तिका लागि बैशाख २८ गते बिहान ७ बजेदेखि बैशाख ३० गते साँझ ७ः३० बजेसम्म वितरण गरिने भएकाले आ–आफ्नो परिचयपत्र निर्धारित समयभित्र लिन सम्पूर्ण रसुवा जिल्लाका मतदाताहरूलाई आह्वान गरिएको हो ।

मतदाता परिचयपत्र आ–आफ्ना मतदान केन्द्रबाट निर्वाचनका लागि खटिएका कर्मचारीमार्फत प्राप्त गर्न सकिने निर्वाचन अधिकारी खालिङले बताएका छन् । उनकाअनुसार मतदान हुने दिन परिचयपत्र वितरण हुने छैन । मतदान बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ