चार महानगरपालिकासहित २ सय ८३ तहमा अाज उम्मेदवारी दर्ता हुँदै

चार महानगरपालिकासहित २ सय ८३ तहमा अाज उम्मेदवारी दर्ता हुँदै

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, बैशाख १९ ।

अागामि  स्थानीय तहको निर्वाचनअन्तर्गत पहिलो चरणका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले आज १० बजेदेखि ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ ।

दलहरुले अधिकांश स्थानीय तहमा उम्मेदवारसमेत टुंग्याइसकेका छन् भने बाँकीको आजै टुंगो लगाएर दर्ता गर्ने तयारी गरेका छन् ।

देशभरका कूल ७ सय ४४ स्थानीय तहमध्ये पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

बाँकी ४ प्रदेशमा स्थानीय तहमा दोस्रो चरणमा अर्थात् आगामी जेठ ३१ गते निर्वाचन हुने छ । दोस्रो चरणका लागि जेठ १९ गतेबाट चुनावी कार्यक्रम तोकिएको छ ।

दोस्रो चरणमा मधे दुई दुई प्रदेशमा पर्ने नवलपरासी र रुकुमसहित ४३ जिल्लामा निर्वाचन हुने छ । तराईका २० जिल्लामध्ये चितवनमा मात्र पहिलो चरणमा निर्वाचन हुने छ ।

काठमाडौं, ललितपुर, पोखरा–लेखनाथ र भरतपुर महानगरपालिकामा पहिलो चरणमै निर्वाचन हुँदैछ । अन्य ९३ नगरपालिकामा पनि पहिलो चरणमा निर्वाचन हुने छ ।

निर्वाचन आयोगले पहिलो चरणमा ७ हजार मतदान केन्द्रमा मतदान हुने जनाएको छ । देशभर १८ हजार ५ सय ७२ मतदान केन्द्र तोकिएको छ ।

त्यस्तै, १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये ५० लाखले पहिलो चरणमा मतदान गर्ने छन् ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गर्नुभएकाे छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ