एमालेले काठमाडौँ र ललितपुरबाहेक अन्यमा उम्मेदवार टुङगाे लगायाे 

एमालेले काठमाडौँ र ललितपुरबाहेक अन्यमा उम्मेदवार टुङगाे लगायाे 

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, १८ वैशाख । नेकपा एमालेले स्थानीय निर्वाचनका लागि काठमाडौँ र ललितपुर महानगरपालिकाबाहेक अन्य महानगरपालिका र उपमहानगरपालिकाका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज सम्पन्न स्थायी कमिटीको बैठकले पोखरा महाहनगरपालिकाको प्रमुखमा मानबहादुर बिसी र उपप्रमुखमा मञ्जु गुरुङ, भरतपुर महानगरपालिकाको प्रमुखमा देवी ज्ञवाली र उपप्रमुखमा दिव्या आचार्य, हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा हरिबोल महतका नामबारे निर्णय भएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले राससलाई बताउनुभयो । हैटौँडाको उपप्रमुखबारे निधो हुन बाँकी छ ।

यस्तै काठमाडौँ र ललितपुरमा उम्मेदवार चयनबारे मङ्गलबार बिहान पार्टीको स्थानीय कमिटीसँग परामर्श गरी स्थायी कमिटीले निर्णय गर्नेछ । काठमाडौँको प्रमुखका लागि प्रदेश कमिटीबाट जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य र सावित्रा भुसालको नाम सिफारिस भएको छ भने पूर्वप्रमुख केशव स्थापित पनि दाबेदार हुनुहुन्छ । उहाँहरु सबैका विषयमा बैठकमा छलफल भएको बुझिएको छ ।

पहिलो चरणमा यही वैशाख ३१ हुने स्थानीय निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ