नयाँ शक्तिको घोषणापत्रः प्रतिव्यक्ति आम्दानी औसत २ हजार डलर र्पुयाउने ,वाषिर्क तीन लाख रोजगारी सिर्जना

नयाँ शक्तिको घोषणापत्रः प्रतिव्यक्ति आम्दानी औसत २ हजार डलर र्पुयाउने ,वाषिर्क तीन लाख रोजगारी सिर्जना

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

 

 

काठमाडौँ, १८ वैशाख । नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तहको निर्वाचनका लागि आर्थिक विकास तथा समृद्धिलाई विशेष प्राथमिकतामा राखेर आज आफ्नो प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलनको आयोजना गरी समतामूलक समृद्धि, समानुपातिक÷समावेशी÷सहभागितामूलक लोकतन्त्र, सुशासन÷सदाचार, स्वाधीनता÷सदाचार, स्वाधीनता÷सार्वभौमिकता र समुन्नत समाजवादसहित पाँच ‘स’ लाई चुनावी प्रतिबद्धताका रूपमा अघि सारेको जानकारी दिएको छ ।

पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै आगामी पाँच वर्ष, १५ वर्ष र २५ वर्षमा गर्न सकिने आर्थिक विकास तथा समृद्धिका लागि विभिन्न सूचकाङ्कसमेत सार्वजनिक गर्नुभयो ।

‘अरुले गर्छन् कुरा, हामी गर्छौं पूरा’ भन्ने नारा तय गरिएको प्रतिवद्धतापत्रमा नयाँशक्तिले ५ वर्षमा प्रतिव्यक्ति आम्दानी औसत २,००० डलर र्पुयाउनेदेखि दिएर वाषिर्क तीन लाख रोजगारी सिर्जना गर्ने सम्मका महत्वाकांक्षि योजना हरुलाई अगाडि सारेको छ ।

नयाँशक्ति पार्टीले स्थानीय तहहरु अधिकार सम्पन्न भएको बताएको छ । पाँच वर्ष भित्र प्रीतव्यक्ति औसत आम्दानी २,००० डलर र्पुयाउने, कूल गार्हस्थ बचत कूल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत र्पुयाउने र निरपेक्ष गरीबीको रेखामुनि रहेका जनसंख्यालाई १० प्रतिशतमा योजना नयाशक्तिले उल्लेख गरेको छ ।

यस्तै कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ४५ प्रतिशत, औद्योगिक क्षेत्रको २० प्रतिशत र उत्पादन क्षेत्रको योगदानलाई १५ प्रतिशत योजना प्रस्तुत गरिएको छ ।

वस्तु तथा सेवाको निर्यात कूल गार्हस्थ उत्पादनको २० प्रतिशत र्पुयाउने, आयातलाई ३० प्रतिशतमा झार्ने, वाषिर्क तीन लाख रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जानेको संख्या सरदर प्रतिदिन ५०० मा झार्ने लगाएतका महत्वकांक्षिा योजनाहरु पनि घोषणापत्रमा समावेस गरिएको छ ।

नयाशत्तिले सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा पूर्ण शारीरिक अपाङ्गता, द्वन्द पीडित, एकल महिला, गर्भवती महिला, लोपोन्मुख जाति, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक र गरीबीको रेखामुनि रहेका परिवारका लागि सम्पूर्ण स्वास्थ्य सेवामा कम्तिमा ७५ प्रतिशत छुटको व्यवस्था गर्ने बताईएको छ ।

यस्तै प्रत्येक प्रदेशमा १र१ वटा विज्ञान, प्रविधि तथा अन्वेषणमा प्रज्ञा प्रतिष्ठान खोल्ने तथा प्राविधिक शिक्षाको विकासका लागि प्रत्येक प्रदेशमा १र १ वटा नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी खोल्ने पनि नयाँ शक्ति नेपालले आज सार्वजनिक गरेको स्थानिय तह निर्वाचन घोषणा पत्रमा उल्लेख गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ