काठमाडौं, बैशाख १८ ।
वर्तमान राजनीतिक अवस्थालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीमाथी महाअभियोग तथा गृहमन्त्रीको राजीनामाको विषयलाई लिएर छलफल केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।
आज दिउँसो भएको भेटमा उहाँहरुबीच प्रधानन्यायधिस शुसिला कार्कीबिरुद्ध लगाईएको महाअभियोग र गृहमन्त्री विमलेन्द्र निधीको राजिनामाका बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
सिंहदरवार स्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको भेटमा अध्यक्ष ओलीले प्रधानन्यायधिस सुशीला कार्कीबिरुद्ध महाअभियोग लगाईएकोप्रति असन्तुष्टि जनाउदै यसले मुलुकमा थप असहज परिस्थीति उत्पन्न हुने आशंका ब्यक्त गर्नुभएको थियो ।
जवाफमा प्रधानमन्त्री दाहालले प्रधानन्यायधिसबिरुद्ध सरकारले नभएर संबिधानमा दिएको अधिकार प्रयोग गरी सांसदहरुले महाअभियोग लगाएकाले यसले कुनै अप्ठ्यारो परिस्थीति नआउने बताउनु भएको थियो ।
प्रधानमन्त्रीले दाहालले महाअभियोग प्रस्ताव संसदमा अभि बढ्ने र स्थानिय तह निर्वाचन तोलीएकै मितिमा हुने भन्दै निर्वाचनमा यसले कुनै असर नपार्ने बताएको आचार्यले जानकारी दिनुभयो ।