नेकपा एमालेले प्रधानन्यायाधिस शुसिला कार्कीबिरुद्ध महाअभियोगको प्रस्ताव दर्तापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न आज स्थायी समितिको बैठक बोलाएको छ ।सत्तारुढ दल माअाेवादी केन्द् र काङग्रेसकाे पछिल्लो कदम असंवैधानिक र गलत भएको बताएको एमालेले त्यसविरुद्ध आज थप रणनीति बनाउने तयारी गरेको छ ।
धुम्बाराहीस्थित केन्द्रिय कार्यालयमा दिउसाे २ बजे बोलाइएको बैठकमा सत्तासाझेदार कंग्रेस र माओवादी केन्द्रले संसदमा हिजो दर्ता गराएको महाअभियोग प्रस्ताव, आसन्न स्थानीय तह निर्वाचन लगायत समसामयिक बिषयमा छलफल नेताहरूले जनाएका छन् ।
सरकारका पछिल्ला निर्णयले निर्वाचनको वातावरण बिग्रदैं गएको भन्दै सो पार्टीले स्वतन्त्र न्यायपालिका माथि भएको प्रहार आफ्नो पार्टीलाई मान्य नहुने बताएको छ ।
यसैबीच एमालेले आज स्थानीय तह निर्वाचनका लागि घोषणापत्र र महानगर , उपमहानगरका उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।
दिउँसो १ बजे पार्टि कार्यालयमा कार्यक्रम गरी घोषणा पत्र र पहिलो चरणमा निर्वाचन हुने प्रदेशका उम्मेदवार सार्वजनिक गर्ने सो पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । एमालेले बिकासे आयोजनालाई प्राथमिकता दिदंै सामाजिक क्षेत्रको बिकासलाई केन्द्रमा राखी घोषणापत्र निर्माण गरेको छ ।