उम्मेदवारको टुङ्गो लगाउने अन्तिम कसरतमा काँग्रेस

उम्मेदवारको टुङ्गो लगाउने अन्तिम कसरतमा काँग्रेस

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १८ वैशाख । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले महानगरपालिका र उपमहानगरपालिका तथा जिल्लास्थित पार्टीको संयन्त्रले टुङ्गो लगाउन नसकेका स्थानीय तहमा पार्टीका उम्मेदवारको नाम टुङ्गो लगाउने बारेमा वृहत छलफल गरेको छ ।

काँग्रेसले यसअघि महानगरपालिका र उपमहानगरपालिकाको केन्द्रले र बाँकी तहमा जिल्लास्थित पार्टीको संयन्त्र बनाई उम्मेदवार चयन गर्ने निर्णय गरेको थियो । तर उम्मेदवार मनोनयनको समय नजिकिँदासमेत अधिकांश स्थानीय तहमा उम्मेदवारको टुङ्गो लागिनसकेका कारण केन्द्रले नै टुङ्गो लगाउने बताइएको छ ।

निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको छ । काँग्रेसले भोलि सोमबारसम्म निर्वाचन हुने सबै तहमा पार्टीका उम्मेदवारको टुङ्गो लागिसक्ने जनाएको छ ।

वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुदँैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ