भ्रष्टाचारबाट उम्कन प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग : एमाले

भ्रष्टाचारबाट उम्कन प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग : एमाले

 ‘सुशीला योग्य, निडर र क्षमतावान प्रधानन्यायाधीश’

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं  ,वैशाख १७।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरु भ्रष्टाचारबाट उम्कन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग ल्याएको प्रमुख प्रतिपक्षी दल एमालेले आरोप लगाएको छ ।

 

सत्तारुढ पार्टीले संसदको अधिकारलाई दुरुपयोग गरीप्रधानन्यायाधीशविरुद्धको महाअभियोगको लगाएको भन्दै एमालेले त्यसको भत्सना पनि गरेको छ ।

अदालतमा आईजीपी प्रकरणको मुद्धा चलिरहेको र त्यही मुद्धा हेरिरहेको प्रधानन्यायाधीशविरुद्ध आबेश, उत्तेजना र मनोगन आधारमा महाअभियोग ल्याईनु  चुनावको मुद्धालाई डाइभर्ट गर्न र चुनाव रोक्ने अभिप्रया भएको पनि एमालेले जनाएको छ ।

एमाले सचिव योगेश भट्टराईले  ‘नाङ्लो ठटाएर हात्ती तर्साउने प्रयास  गरिएको भन्दै   ‘एमालेले त्यसविरुद्ध डटेर सामना गर्ने बताउनु भयो ।

कार्की योग्य, निडर र क्षमतावान रहेको बताउँदै सरकारले आम नेपाली महिलामाथि नै अपमान गरेको भन्दै उहाँले निर्वाचन आयोग, न्यायालयलगायत संवैधानिक निकायमा एकपछि अर्को हस्तक्षेप गर्दै सरकारले अलोकतान्त्रिक र अधिनायकवादी शासनको पूर्वअभ्यास गरेको आरोप लगाउनु भयो ।

एमाले नेता एवं पूर्वकानुन मन्त्री अग्नि खरेलले कार्कीविरुद्धको महाअभियोग दुर्भाग्यपूर्ण तथा मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजाने प्रयास भएको टिप्पणी गर्नुभएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ