काठमाडौं, बैशाख १७ ।
नेकपा (एमाले) संसदीय दलको बैठकले संविधान संशोधन विधेयक देश र जनताका लागि उपयुक्त नरहेको भन्दै त्यसविरुद्ध लाग्न आफ्ना सम्पूर्ण सांसदलाई निर्देशन दिएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै संविधान संशोधन आवश्यक नरहेको कुरा उठेको थियो ।
बैठकमा नौ दलीय गठबन्धनबीच भएको बैठकका बारेमा जानकारी गराउँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने संविधान संशोधनको कुरा गर्ने सरकारले पुनः आफैँले संविधान संशोधनको प्रस्ताव हालेको शनिबार साँझ मात्र आफूहरूलाई थाहा भएको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको जानकारी पत्रकारहरूलाई दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline