काठमाडौं, बैशाख १७ ।
व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख ओनसरी घर्तीले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको थियो । पूर्वसांसद दनुवारको ८८ वर्षका उमेरमा यही बैशाख १० गते उपचारका क्रममा निधन भएको थियो ।
नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय योद्धा, साहित्यकार एवं समाजसेवी दनुवार वि.सं २०४८ सालको आमनिर्वाचनमा सिरहा क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको थियो ।
पूर्वसांसद दनुवारको निधनप्रति बैठकमा एक मिनेट मौनधारणसमेत गरिएको थियो । संसद्को अर्काे बैठक यही बैशाख २१ गते अपराह्न ३ बजे बस्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline