जेठमा तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

जेठमा तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौं, बैशाख १७ ।
जेठ पहिलो साता काठमडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । शाखा डोजो सामाखुशीको आयोजनामा ४ देखि ६ जेठसम्म तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७४ आयोजना हुन लागेको हो ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान र भुटानका खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक राजेन्द्र ओझाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालबाट ३००, भारतबाट २००, बंगलादेशबाट ७, श्रीलंकाबाट १२, पाकिस्थानबाट ५ र भुटानबाट १० सहभागि हुनेछन् । सो प्रतियोगितामा पाँच सय २७ जना खेलाडीहरू सहभागी हुने अनुमान गरिएको छ । अफिसियल करातेतर्फ २२ इभेन्ट र कातातर्फ ४ इभेन्ट हुनेछ । कुल २६ सुवर्णका लागि खेलाडीहरूले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । विजेता खेलाडीहरूलाई पदक र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता लैनचैरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताको अनुमानीत लागत १५,०९,५०० रुपैया रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी