पोखरामा अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण सम्पन्न

पोखरामा अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण सम्पन्न

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

पोखरा, बैशाख १७ ।
पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको करिब ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिएका हुन् ।

निर्माण सुरु भएको तीन हप्तामै काम सकिएको छ । पर्यटकीय नगरी पोखरामा स्केटिङ खेलका खेलाडी उत्पादन गरी अब हुने ओलम्पिक खेलमा नेपालको तर्फबाट स्केटिङ खेलाडीको सहभागिता जनाउने विश्वास गरिएको छ ।

पूर्वाधार निर्माणका लागि अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी, जापान, दक्षिण कोरिया, नर्वे, क्यानाडा, भारतलगायतका ३५ जना विदेशी नागरिकले श्रमदान गरेका थिए । यो स्केटिङ खेलको पूर्वाधार दक्षिण एसियाकै उत्कृष्ट मानिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी