स्पेनिस ला लिगामा बार्सिलोनाका तीन एमएसएनको नयाँ कीर्तिमान

स्पेनिस ला लिगामा बार्सिलोनाका तीन एमएसएनको नयाँ कीर्तिमान

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, बैशाख १७ ।
जारी रहेको स्पेनिस ला लिगामा इस्पान्योलविरुद्धको खेलमा लुइस सुवारेजले दुई गोल गरेपछि बार्सिलोनाका तीन खतरनाक स्ट्राईकर एमएसएनले नयाँ कीर्तिमानी कायम गरेका छन् ।

गएराति भएको खेलमा सुवारेजले दुई गोल गर्दै आफ्नो टीमलाई ३ विरुद्ध शून्य गोलले जिताउन सफल भएका छन् ।

उनले ५० औँ मिनेटमा गरेको पहिलो गोल बार्सिलोनाका तीन हस्ती लिओनल मेसी, लुइस सुवारेज र नेइमारले ला लिगामा क्लबका लागि गरेको तीन सय ५० औँ गोल हो । सन् २०१४ को अन्त्यतिर सुवारेज इङ्गलिस क्लब लिभरपुलबाट बार्सिलोना आएपछि मेसी, सुवारेज र नेइमारको नाममा ‘एमएसएन’ को खतरनाक जोडी निर्माण हुन पुगेको हो ।

यी तीन जनाको सहभागितामा मेसीले सर्वाधिक एक सय ४८ औँ गोल गरेका छन् । यसपछि सुवारेजले एक सय १८ र नेइमारले ८५ गोल गरेका छन् । यी तीनको साझेदारीमा हाल तीन सय ५१ गोल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी