सरकारले सांसद खरिद बिक्रिको कोशिस गरिरहेको छ , त्यसलाई असफल पार्छौ : एमाले

सरकारले सांसद खरिद बिक्रिको कोशिस गरिरहेको छ , त्यसलाई असफल पार्छौ : एमाले

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ ,१७ बैशाख ।

नेकपा एमालेले स्थानिय तह निर्वाचको स्थानीय निर्वाचनको घोषणापत्र आज सार्वजनिक गर्दै छ ।

पार्टी कार्यलय धुम्बाराहिमा अपरान्ह ३ बजे बस्ने बैठकमा यसअघि स्थाई कमिटिले पारी गरेको निर्वाचन घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

एमालेले आफ्नो घोषणापत्रमा मलेसिया र खाडी मुलुक जाने कामदारलाई नेपालमै रोजगारी व्यवस्था गर्ने महत्ववाकांक्षी घोषणापत्र तयार गरेको छ ।

आगामी १० वर्षमा नेपालीको आम्दानी ५ हजार अमेरिकी डलर बनाउने र आफ्नो नेतृत्वको ९ महिने शासनकालमा वृद्धभत्ता सुरु गरेको एमालेले त्यसलाई वृद्धि गरी पाँच हजार र्पुयाउने प्रतिबद्धता घोषणापत्रमा जनाएको छ । यस्तै अस्पतालमा सुत्केरी हुने महिलालाई १० हजार दिनुपर्ने एमालेको धारणा छ ।

विद्युत् ऊर्जामा विशेष जोड दिँदै एमालेले सडक विस्तार, रेलमार्ग, सहरी विकास, सामाजिक सेवा र शिक्षाको विकासमा पनि जोड दिएको छ ।

यसैबीच , एमालेले आगामि स्थानिय तह निर्वाचनमा उठ्ने उम्मेदवारको नामावली भने सार्वजनिक नगर्ने भएको छ । यसअघि निर्वाचन घोषणापत्र र उमेदवारको नामावली एकैपटक आज सार्वजनिक गर्ने जनाएको थियो ।

मुलुकका अधिकाशं जिल्लामा उम्मेदवारको टुङगो लागेपनि काभ्रे र नुवाकोट तथा काठमाण्डौमा मेयर र उपमेयरको नाम टुङगो नलागेकाले आज सर्वाजनिक नगर्ने एमाले सचिव भिम आचार्यले जानकारी दिनुभयो ।

ती स्थानमा पनि तलबाट आएक नामहरुमा छलफल भईरहेकाले आज नै एमालेले उमेदवार टुङगो लगाउने उहाँले बताउनु भयो । यस्तै आजै संसद बैठक परेकाले पनि उमेदवारको नाम सार्वजनिक गर्न नसकिने सचिव आचार्यले बताउनु भयो ।

मिर्मिरेसँग कुरा गर्दै आचार्यले सरकारले संबिधान संसोधन बिधेयक पारित गर्नका लागी दुइक्षर्् तिहाई पुर्याउने उदेश्यले सांसद खरिद बिक्रि गर्न खोजेको पनि आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो , सरकार सांसद खरिद बिक्रिमा लागेको छ , हामि त्यो सफल हुन दिदैनौ । बिधेयकलाई जुनसुकै हालतमा असफल पार्छौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ