काठमाण्डौ , १७ बैशाख ।
सरकारले दर्ता गराएको दोस्रो संबिधान संसोधन विधेयक छलफलका लागी आज ब्यावस्थापिका संसदको बैठकमा टेबल हुदै छ । आजै सो विधेयक पारित गराउने सरकारको तयारी छ भने विपक्षी गठबन्धनले कुनै हालतमा पारीत हुन नदिने अडान लिएको छ ।
बिधेयकमाथि सत्तारुढ , प्रमुख प्रतिपक्षी र साना दलले छुट्टाछुट्टै ५० ओटा संसोधन प्रस्ताव दर्ता गराएका छन् ।
नयाँ बानेश्वर स्थित संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा ५० वटा संशोधन प्रस्तावलाई एकीकृत बनाएर आज नै दफावार छलफल गरिने संसद सचिवालयले जनाएको छ ।
उक्त संसोधन प्रस्तावलाई संसदले एकीकृत संशोधन तयार गरी सिधै संसद्मा छलफल गराउने वा छुट्टै समिति गठन गरेर जान सकिने संसदीय नियमावलीमा व्यावस्था रहेको संसद सचिवालयका प्रवक्ता भरत गौतमले जानकारी दिनुभयो ।
प्रस्तावमाथिको दफावार छलफल सकिएपछि आजै संसोधन बिधेयकको पक्ष विपक्षमा मतदान हुने सभामुखका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिनुभयो ।
संसोधनका धाराहरु बहुमतले र विधेयक दुईतिहाई मतले पारित गरिनेछ । विधेयक पारित गर्न संसदमा हाल कायम सङख्या ५ सय ९३ मा दुईतिहाई अर्थात ३ सय ९६ मत चाहिन्छ ।
तर विधेयक पारित गराउने कसरतमा रहेको सरकारसँग हाल ३ सय ९३ मत छ भने प्रतिपक्षी दल एमालेसँग १९५ मत रहेको छ ।
सरकारले ४ मत विधेयकको पक्षमा पार्न सके आजको संसद बैठकबाटै नै उक्त विधेयक पारित हुने देखिएपनि एमालेले विपक्षमा रहेका साना दललाई लिएर कुनै हालतमा दुई तिहाई पुर्याउन नदिने रणनिति बनाएकोले त्यति सहज देखिदैन ।
विधेयक असफल बनाउनकै लागी एमालेले निस्कृय रहेको आफु नेतृत्वमा बनाएको नौ दलीय गठबन्धन समेत पुन ब्युताएको छ । हिजो बसेको स्थाई समिति बैठकले पनि विधेयकलाई असफल बनाउन सम्पुर्ण प्रयत्न गर्ने निर्णय गरेको छ ।
उता प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दुई तिहाई पुर्याउन विधेयकको विपक्षमा रहेका साना दललाई सहमतीमा ल्याउने प्रयास गरिरहनुभएको छ ।
स्रोतका अनुसार नेपाल परिवार दल , नेकपा माले लगायतका दलहरुलाई सरकारमा सामेल गराएर भएपनि सदनमा दुई तिहाई पुयाउने प्रधानमन्त्री दाहालको कसरत छ ।
प्रधानमन्त्री दाहालले आज एमालेको नौ दलीय गठबन्धन भत्काउन सके विधेयक पारीत हुने नभएर असफल हुने वालुवाटारस्रोतको दाबी छ ।