बाहुबली–२ ले बनायो पहिलो दिनमै १० रेकर्ड !

बाहुबली–२ ले बनायो पहिलो दिनमै १० रेकर्ड !

  • शनिबार, बैशाख १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, वैशाख १६ । सिनेमाघरमा चल्नुपूर्व नै सर्वाधिक चर्चित भएको दक्षिण भारतीय फिल्म ‘बाहुबली–२ द कन्क्लुजन’ ले रिलिज भएको  पहिलो दिन नै १० रेकड बनाएको छ ।

शुक्रवार रिलिज भएको बाहुबली–२ ले भारतीय फिल्म क्षेत्रमा आजसम्म बनेका फिल्महरुमध्ये ५० मिनेटको सबैभन्दा लामो ‘क्लाइमेक्स’को रेकर्ड राखेको छ ।

फिल्ममा सकैभन्दा ठूलो मानिएको क्लाइमेक्स कटप्पा (सत्यराज)ले महेन्द्र बाहुबली (प्रभाष)लाई किन मारे ? भन्ने प्रश्न सबैभन्दा ठूलो विषय बन्यो ।

चलचित्र विश्लेषकहरुले एउटै ‘क्लाइमेक्स’को लागतलेमात्रै १० भन्दा बढी अरु बलिउड फिल्म निर्माण गर्न सकिने बताएका छन् ।

पहिलो शोमै हलभित्रैबाट दर्शकहरुले ट्वीटर लाइभ अपडेट गरेको फिल्मको रेकर्ड पनि बाहुबलीले राखेको छ । फिल्म रिलिजको पहिलो शो नसकिँदै दर्शकहरुले हलभित्रैबाट ट्वीटरमा फिल्मबारे गरेको टिप्पणीले बाहुबली–२ ‘ट्रेन्डिङ’को पहिलो नम्बरमा आएको छ ।

भारतमा एकैपटक ९ हजार (९५ प्रतिशत) फिल्महलमा रिलिज हुने रेकर्ड पनि बाहुबली–२ ले नै राखेको छ । जबकि, अहिलेसम्म सबैभन्दा धेरै ‘दंगल’ एकैपटक ८५ प्रतिशत हलहरुमामात्र रिलिज भएको थियो ।

फिल्महलमा टिकटका लागि दर्शकको लाइन तीन किलोमिटर परसम्म पुगेपछि अहिलेसम्म दर्शकको लामो लाइन हुने फिल्मको रेर्कडसमेत बाहुबलीले नै कायम गरेको छ ।

दक्षिण भारतको हैदरावादस्थित नेकलेस रोडमा रहेको ‘आइम्याक्स थिएटर’अगाडि टिकटका लागि तीन किलोमिटरसम्म लाइनमा बसेको भिडियोलेसमेत अहिले चर्चा कमाइरहेको छ ।

अहिलेसम्म सबैभन्दा महँगो चार हजार भारुसम्म ‘ब्ल्याक’मा टिकट बिक्री भएको फिल्मको रेर्कडसमेत बाहुबलीले नै राखेको छ ।

बिहारको भागलपुरस्थित ‘दीपप्रभा टकिज’मा बिहानैदेखि टिकट ब्ल्याकमा बेचिएको भन्दै स्थानीय र ब्ल्याक गर्ने युवाबीच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनुपरेको थियो ।

भारतमा अनलाइनमार्फत् आजसम्म सबैभन्दा बढी बुकिङ हुने फिल्मको रेकर्ड पनि बाहुबली–२ ले नै राखेको छ ।

भारतीय फिल्म ‘बुक’ गर्ने अनलाइन एजेन्सी ‘बुकमाइशो’ले मा २४ घन्टाभित्र १० लाख दर्शकले टिकट बुक गरेको उल्लेख गरेको छ ।

भारतमा सबै फिल्महल पहिलो शोमै हाउसफुल हुने फिल्मको रेकर्ड पनि बाहुबली–२ ले नै राखेको छ । भारतीय समाचार एजेन्सी ‘आजतक’ले भारतका मुख्य सहरका सबै हलहरु ‘हाउसफुल’ भएको उल्लेख गरेको छ ।

केहि व्यक्तिले फिल्मको मुख्य ‘क्लाइमेक्स’ भन्दै पुरानो फिल्म र विज्ञापनको दृष्य सम्पादन गरेर ‘लिक’ गरिदिएपछि तमिलनाडुमा भने पहिलो ‘शो’ रद्ध गरिएको थियो ।

भारतीय फिल्म क्षेत्रमा सबैभन्दा धेरै लगानी, समय, भिज्युवल इफेक्ट प्रयोग गरी सबैभन्दा कडा सुरक्षा घेरामा सम्पादन गरिएको ‘बाहुबली–२ द कल्क्लुजन’ले रिलिज भएकै दिन नसोचेको सफलता पाएको फिल्म विश्लेषकहरुले बताएका छन् ।

‘धर्मा प्रोडक्सन’को ब्यानरमा बनेको यस फिल्मलाई एसएस राजमौलीले निर्देशन गरेका हुन् ।

अमरेन्द्र/महेन्द्र बाहुबली (प्रभाष), भल्लाल देव (राणा दग्गुबाती), शिवगाामी देवी (रमैया कृष्णन), कटप्पा (सत्यराज) र राजकुमारी देवसेना (अनुष्का शेट्टी) आदि मुख्य कलाकारकोरुपमा देखापरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी