काठमाण्ठौ ,१६ बैशाख ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज आसन्न स्थानिय तह निर्वाचनमा महानगर र उप महानगरपालीकामा उम्मेदवारको टुङगो लगाउदैछ ।
धुम्बाराहि स्थित पार्टी कार्यलयमा दिउसो १ बजे बस्ने स्थाई समिति बैठकले उम्मेद्धवारको नाम टुङगो लगाउन लागेको हो ।
निर्वाचन घोषणापत्रलाई हिजो अन्तिम रुप दिएको एमालेले आज उम्मेदवार छनोटबारे छलफल गरि नाम टुङग्याउने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो ।
जिल्ला र प्रदेशबाट आएका नामलाई आधार मान्दै एमालेले स्थानिय तह निर्वाचनका लागी उमेदवार छनौट गर्ने ज्ञवालीले बताउनु भयो ।
आजको बैठकमा उमेदवार छनौटका बारेमा छलफल गरि भोली नाम सार्वजनिक गर्ने उहाँको भनाई छ ।
एमालेको निर्वाचन घोषणापत्र र उमेदवारको नाम एकैपटक भोली आईतवार सार्वजनिक गर्ने एमालेले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline