विशाल स्मृति गोल्डकपको उपाधि भिडन्त आज

विशाल स्मृति गोल्डकपको उपाधि भिडन्त आज

  • शनिबार, बैशाख १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

वीरगन्ज , १६ बैशाख ।

वीरगन्जमा जारी प्रथम विशाल स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागी आज त्रिभुवन आर्मि र संकटा क्लबबीच प्रतिस्पर्धा हुदै छ ।

नारायणी रंगशालामा अपरान्ह तीन बजेपछि हुने खेलमा दुबै टोली उपाधि आफ्नो कब्जामा पार्ने दाउका साथ मैदान उत्रदै छन् । विभागिय टिम नेपाल पुलिसलाई पराजित गर्दै संकटा फाईनल पुगेको हो भने आर्मिले जनजागृति युवा क्लव सिमरालाई हराएको थियो ।

दुबै टोलीका कप्तान तथा प्रशिक्षकले जितको दाबी गरेका छन् । संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडिको मनोबल उच्च रहेकोले विशाल गोल्डकपको उपाधि जित्ने बताए ।
यस्तै आर्मिका प्रशिक्षक नवीन न्यौपानेले संकटासँग एकपटक बेहोरेको हारको बदला लिने अवसर भएको बताएका छन् ।

यस सिजनमा आर्मीले पाँच तथा संकटाले चार उपाधि जितेका छन् ।

फाईनल भिडन्त भने आगामि शनिवार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैया पुरस्कार पाउनेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले सुजुकी मोटरसाईकल पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी