मलेसिया र खाडीमा कामदार रोक्ने एमालेको घोषणा ,वृद्वभत्ता पाँच हजार

मलेसिया र खाडीमा कामदार रोक्ने एमालेको घोषणा ,वृद्वभत्ता पाँच हजार

  • शनिबार, बैशाख १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ,१६ बैशाख । 

एमालेले मलेसिया र खाडी मुलुक जाने कामदारलाई नेपालमै रोजगारी व्यवस्था गर्ने महत्ववाकांक्षी घोषणापत्र तयार गरेको छ । स्थानीय तह निर्वाचनका लागि स्थायी समितिले शुक्रबार पारित गरेको घोषणापत्रमा आगामी १० वर्षभित्र नेपालमै रोजगारी सिर्जना गरी मलेसिया र खाडी मुलुकमा कामदार जानु नपर्ने अवस्था सिर्जना गर्ने उल्लेख छ ।

‘मलेसिया र खाडीमा कामदार नपठाउने, जापान र कोरियामा काम गरी फर्केकाको आर्जन र सीप प्रयोग गर्ने तथा अमेरिका, युरोप गएकाको पनि ज्ञान र आर्जन प्रयोग गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने पार्टीको योजना छ’, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले भन्नुभयो, ‘२५ वर्षमा मुलुकलाई धनी राष्ट्रको सूचीमा उभ्याउने प्रयत्न गर्छौं ।’

स्थायी समितिले उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य पाण्डेलाई भाषालगायत विषय हेरेर घोषणापत्रलाई अन्तिम रूप दिने जिम्मेवारी दिएको छ । एमालेको घोषणापत्रमा आगामी १० वर्षमा नेपालीको आम्दानी ५ हजार अमेरिकी डलर बनाउने उल्लेख छ । आफ्नो नेतृत्वको ९ महिने शासनकालमा वृद्धभत्ता सुरु गरेको एमालेले त्यसलाई वृद्धि गरी पाँच हजार पुर्‍याउने प्रतिबद्धता घोषणापत्रमा जनाएको छ । यस्तै अस्पतालमा सुत्केरी हुने महिलालाई १० हजार दिनुपर्ने एमालेको धारणा छ ।

विद्युत् ऊर्जामा विशेष जोड दिँदै एमालेले सडक विस्तार, रेलमार्ग, सहरी विकास, सामाजिक सेवा र शिक्षाको विकासमा पनि जोड दिएको छ । बजेटको २० प्रतिशत शिक्षामा राज्यले लगानी गर्नुपर्छ भन्ने हाम्रो धारणा छ’, पाण्डेले भन्नुभयो ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईले युवालाई विशेष जोड दिएर मुलुकलाई समृद्धिको बाटोमा लैजाने विषयमा घोषणापत्रले जोड दिएको बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने लक्ष्य राखिएको जानकारी भट्टराईले दिनुभयो । एमालेले घोषणापत्र भने भोली आईतवार मात्रै सार्वजनिक गर्ने जनाएको छ ।-अन्नपुर्ण पोस्ट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ