काठमाडौँ, १६ वैशाख ।
पाँचौँ दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिप–२०१७ आज पोखरामा हुदै छ ।
नेपाल ट्राइयाथलन एसोसियसनको आयोजनामा हुन लागेको एक दिने च्याम्पियनसिपमा नेपालसहित भारत र बङ्गलादेशका गरी कुल ६० खेलाडीले प्रतिस्पर्धा गर्ने जनाईएको छ ।
च्याम्पियनसिपमा अफगानिस्तानले पनि सहभागिता जनाउने भनिएता पनि भिसा ढिलाइका कारण अफगानी खेलाडी समयमानै नेपाल आउन नसकेको आयोजक सङ्घका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए ।
च्याम्पियनसिपमा बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा प्रथम स्थान हात पार्न सफल भारतीय खेलाडीलगायत नेपालबाट तेस्रो स्थान हात पार्न सफल रोजा केसी तथा टिम इभेन्ट्समा दोस्रो स्थान हात पारेका खेलाडीका सहभागिता रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline