काठमाणडाै ,१५ बैशाख ।
चन्द्रागिरि तेक्वान्दो दोजाङ्गको आयोजनामा थानकोट चन्द्रगिरि नगरपालिका ३ मा शुक्रबार बाट विभिन्न तौल समुहका खुल्ला तेक्वान्दो प्रतियोगिता भएको छ ।
राजधानीका १५ टिमको सहभागी प्रतियोगी बीच हुने कार्यक्रममा १३ पुरुष समूह ,५ महिला समूह गरि जम्मा २७० जनाको सहभागी बीच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।
आयोजक क्लबका अध्क्षय पदम बहादुर महर्जन तथा महासचिव सुबाश तामाड्गको बिषेस पहलमा आयोजना शुक्रबार गरिएको उत्घाटनमा प्रमुख अतिथिमा नेपाल राष्ट्रिय खेलकुद परिषदका पुर्व उपाधक्ष्य पिताम्बर तिमिल्सिना , नेपाल कम्निष्ट पार्टीका बुद्धिजीबी संगठनका मनोज थापा मगर लगाएत अन्ने राजनैतिक तथा खेल क्षेत्रका प्रतिनिधिहरुको सभागीता रहेको थियो ।
शनिबार समापन हुने कार्येक्रममा बिजेता टिम तथा खेलाडीलाई प्रथम तर्फ नगद २५,००० ,दोश्रो १५,००० र तेश्रोहुनेलाई ५,००० सहित पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।