प्रम दाहालले राजीनामा दिने मिति तय, देउवा सरकारका लागि नयाँ कसरतमा

प्रम दाहालले राजीनामा दिने मिति तय, देउवा सरकारका लागि नयाँ कसरतमा

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, बैशाख १५ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठको पहिलो हप्ता सरकार छाड्ने र नेपाली कांग्रेसलाई हस्तान्त्रण गर्ने तयारी भएको छ । बैशाख ३१ मा चुनाव भए जेठको २ गते प्रधानमन्त्री पदबाट राजीनामा दिने प्रधानमन्त्री निकट उच्च स्रोतले जनाएको छ । राजीनामा दिएको एकहप्तामा देउवालाई प्रधानमन्त्रीको कुर्सी जिम्मा लगाउने गरि आन्तरिक तयारी भइरहेको छ । तर, केहीगरि चुनाव सर्ने अवस्थामा भएमा सहमति पनि पछि धकेलिनेछ ।

बैशाख ३१ गते स्थानीय तहको चुनाव भए लगत्तै पूर्वसहमति अनुसार सत्ता कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्त्रण गर्ने प्रधानमन्त्रीले नै यसअघि बताइसकेका छन् । ‘जेठ पहिलो हप्तानै कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनेगरि सत्ता छाड्ने तयारी छ’ स्रोतले भन्यो, ‘जेठको २ गते राजिनामा दिने विषयमा मोटामोटी सहमति भएको छ त्यो कायम रहेमा जेठ २ गते देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्रीको राजिनामा आउनेछ । ’

कांग्रेस र माओवादी केन्द्रबीच दाहाल प्रधानमन्त्री हुदा चैत मसान्तसम्म स्थानीय तहको चुनाव सम्पन्न गरी प्रधानमन्त्रीमा देउवालाई स्थानान्त्रण गर्ने लिखित सहमति भएको थियो । प्रधानमन्त्रीले राजिमा दिने र कांग्रेसका सभापति प्रधानमन्त्री बन्ने भएपछि त्यसको भित्री कसरत पनि सुरु भएको छ । सरकारमा सहभागि गराउने भन्दै साना दलहरुलायृ आकर्षित गर्न छलफल भइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ