नेकपा (माओवादी केन्द्र)बाट चितवनमा उम्मेदवारको नाम सार्वजनिक

नेकपा (माओवादी केन्द्र)बाट चितवनमा उम्मेदवारको नाम सार्वजनिक

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

चितवन, बैशाख १५ ।
नेकपा (माओवादी केन्द्र) चितवन जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

सो पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय तहको निर्वाचनमा चितवनबाट हुने उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा सुरेन्द्र गुरुङलाई पार्टीले उम्मेदवार बनाएको छ । दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको छोरी हो ।

यसैगरी रत्ननगर नगरपालिकाको प्रमुखमा पूर्णबहादुर अम्गाइ र उपप्रमुखमा सङ्गीता भट्टराई, खैरहनी नगरपालिकाको प्रमुखमा एकराज डल्लाकोटी र उपप्रमुखमा रेवती उप्रेती, राप्ती नगरपालिकाको प्रमुखमा रामचन्द्र पाठक र उपप्रमुखमा कल्पना लामा, माडी नगरपालिकाको प्रमुखमा ठाकुरप्रसाद ढकाल र उपप्रमुखमा सरिता महतो, कालिका नगरपालिकाको प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामालाई उम्मेदवार बनाइएको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

त्यसैगरी जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमासावित्री सिलवाललाई उम्मेदवार बनाएको छ ।
सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख पदकी उम्मेदवार दाहालले २० वर्षपछि आफ्नो गृहजिल्ला चितवन फर्किएको बताए । आफूलाई प्रचण्डपुत्रीका रूपमा मात्रै नहेरेर रेणु दाहालका रूपमा हेर्न आग्रह गरेका छन् ।

उनले भने, ‘रेणु दाहाल प्रचण्डपुत्री मात्रै होइन, आफँैमा रेणु दाहाल हो ।’ प्रवेशिका परीक्षा दिँदा दिँदै जनयुद्धमा होमिएको भन्दै उनले १० वर्ष जनयुद्धमा होमिएको, पार्टीबाट काठमाडौं जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरेको, अनेमसङ्घ क्रान्तिकारीको महासचिवको रूपमा रहेर नेतृत्व गरिरहेको, पोलिटब्यूरो सदस्यको रूपमा काम गरिरहेको, संविधानसभामा समानुपातिक सांसद भएर भूमिका खेलेको धारणा व्यक्त गरे । चुनावको लागि मात्रै आफू चितवन नआएर अबको आफ्नो राजनीति चितवनबाटै गर्ने पनि उनले बताएका छन् ।

कार्यक्रममा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला निर्वाचन परिचालन समितिका संयोजक नारायण दाहालले उम्मेदवारको टुङ्गो लगाएसँगै आजबाट अन्य दलहरूसँग तालमेलका विषयमा छलफल अगाडि बढाउने बताए । नेकपा (माओवादी केन्द्र)ले यसअघि नै जिल्लाका सबै वडा अध्यक्ष र सदस्यको टङ्गो लगाएर सार्वजनिक गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ