प्रमुख निर्वाचन आयुक्त अस्वस्थ , आयोगको कार्यक्रम प्रभावित

प्रमुख निर्वाचन आयुक्त अस्वस्थ , आयोगको कार्यक्रम प्रभावित

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ, १५ वैशाख ।
प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादव अस्वस्थ भएपछि निर्वाचन आयोगका आजका कार्यक्रम केहि प्रभावित भएका छन् ।

यादव अस्वस्थ भएर उपचारका लागि ग्राण्डी अस्पाताल गएपछि आयोगले आज स्थानीय तह निर्वाचनका लागि तयार पारेको मोवाईल एप र कलसेन्टर सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको हो ।

मतदाताले आफ्नो बिवरण बुझ्न तथा मतदाता शिक्षाबारे जानकारी लिन सहज होस् भन्ने उद्देश्यले आयोगले एप र कल सेन्टर सार्वजनिक गर्न लागेको थियो ।

सो कार्यक्रम अर्को समय मिलाएर आजै वा भोलिसम्म सार्वजनिक गर्ने आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो । यसअघिका निर्वाचनमा कल सेन्टरको ब्यबस्था गरेपनि मोवाईल एपको ब्यबस्था भने पहिलोपटक गरिएको हो ।

यसैबीच स्थानीय तह निर्वाचनका ललागि खटिएका मध्ये ४ सय १२ निर्वाचन अधिकृत कामबाट फर्किएका छन् । ४१ जिल्लानमा दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भएपछि ती जिल्लाका मतदान अधिकृत फर्किएको आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनका लागि समय बाँकी रहेकाले मतदान अधिकृत फर्किएको आयोगले बताएको छ । उनीहरु आयोगको अर्को आदेशको प्रतिक्षामा छन् ।

पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लाका २ सय ९१ र मुख्य निर्वाचन कार्यालयका ४१ मतदान अधिकृत भने कार्यस्थल मै खटिएको आयोगका सुचना अधिकृत शर्माले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ