काठमाडौ १५ वैशाख ।
नेकपा एमालेको स्थायी कमिटी बैठक आजपनि बस्दैछ । स्थानीय तह निर्वाचनको घोषणापत्र र उमेदवार चयनको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी एमालेको स्थायी कमिटी बैठक केहीदिन यता जारी छ ।
अपरान्न ३ बजेपछि भक्तपूरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा बस्ने बैठकले स्थानीय निर्वाचनका लागि महानगर, उपमहानगर र नगरपालिकाका उमेदवारको टुङ्गो लगाउने जनाएको छ ।
जिल्ला र प्रदेशबाट सिफारिस भएका नामलाई आधार मानेर उमेदवारको टुङ्गो लगाउने नेताहरुले बताएका छन् । यस्तै बैठकमा हिजो प्रस्तुत गरिएका चुनावी घोषणा पत्रमा सदस्यहरुले आज सुझाव दिने कार्यसुची रहेको पार्टी उपाध्यक्ष युवाराज ज्ञवालीले जानकारी दिुनभयो ।
सदस्यहरुको सुझावलाई समेटेर घोषणा पत्र अन्तिम रुप दिएर केहीदिनमै सार्वजनिक गर्ने एमालेको तयारी छ । यस्तै मुलुकको पछिल्लो राजनितिक अवस्था र सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक असफल पार्ने रणनितिका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।