नेइमार बार्सिलोना छोडेर म्यानचेस्टर युनाइटेडमा जाने तयारी

नेइमार बार्सिलोना छोडेर म्यानचेस्टर युनाइटेडमा जाने तयारी

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, बैशाख १५ ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बार्सिलोनाका स्टार खेलाडी नेइमारलाई क्लब भित्र्याउन १७० मिलियन पाउण्ड स्ट्रर्लिङ (२२ अर्ब २७ करोड रुपैयाँ) खर्च गर्न तयार रहेको बेलायती पत्रिका द सनले जनाएको छ ।

नेइमारले आफ्ना नजिकका साथीसँग म्यानचेस्टर युनाइटेड आउँदो समरमा विन्डोमा आफूलाई क्लब भित्र्याउन कीर्तिमानी मूल्य तिर्न तयार रहेको बताएको द सनले लेखेको छ । युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो नेइमारलाई क्लब भित्र्याउन बार्सिलोनालाई तिर्नु पर्ने रकमको सीमामा पुग्न तथा नेइमारलाई कीर्तिमानी पारिश्रमिक दिन तयार रहेका छन् ।

नेइमारले गएको सिजन बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गरेका थिए । बार्सिलोनाले नेइमारलाई किन्न चाहने क्लबले झण्डै १७० मिलियन पाउण्ड तिर्नु पर्ने सीमा तोकेको छ ।

युनाइटेड राम्रा खेलाडीमा खर्च गर्न नडराउने क्लबमा पर्छ । यो सिजनको सुरुमा युनाइटेडले पउल पोग्बालाई ८९ मिलियन पाउण्ड स्ट्रर्लिङ खर्च गरेर भित्र्याएको थियो । तर बार्सिलोना नेइमारलाई गुमाउन चाहँदैन त्यसै कारण नेइमार युनाइटेडमा अनुबन्ध हुनेमा शंका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी