काठमाडौँ, १५ वैशाख । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ ।
संयुक्त अरब इमिरेट्स (दुबई) मा पाँच दिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले नेपाल क्रिकेट सङ्घ (क्यान)को विवादसँगै गत वर्ष निलम्बनमा परेपछिको करिब १५ महिनाको बाँकी तलब राष्ट्रिय टोलीमा अनुबन्धन भएका खेलाडीलाई उपलब्ध गराइने आइसिसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो ।
सरकारी हस्तक्षेप भएको जनाउँदै आइसिसीले गत वर्ष वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । क्यानको निलम्बनसँगै आइसिसीले बैङ्क खातासमेत रोक्का गरेपछि नेपाली खेलाडीले तलब पाएका थिएनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline