फूलमाया कार्की फाउण्डेशनद्धारा आर्थिक सहयोग

फूलमाया कार्की फाउण्डेशनद्धारा आर्थिक सहयोग

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

बैशाख -तनहुँ ।
मातातीर्थ औंसीको अवसर पारी लोककलाकार बिरही कार्कीले देवघाटमा रहेको देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) लाई आर्थिक सहयोग गरेका छन् । आश्रमको संरक्षण, सम्बद्र्धन र सम्मानका लागि दैनिक रु १ बाट १ करोड अभियानलाई कार्कीले फूलमाया कार्की फाउण्डेशनका तर्फबाट नगद दशहजार प्रदान गरेका हुन् । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको आश्रममा ३३ जना असाह्य वृद्धवृद्धा र बेसाहाराहरुले संरक्षण लिदै आएका छन् । कोषमा हालसम्म ९ लाख रकम संकलन भैसकेको छ ।
लोक तथा दोहोरी गायक कार्कीले आश्रममा रहेका वृद्धवृद्धाहरुलाई आफ्ना सांगीतिक प्रस्तुतीहरु सुनाएर केहीबेर नचाएका थिए । सो अवसरमा कार्कीले आश्रममा रहेका वृद्ध आमाहरुलाई मन्जु श्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मन्जु खाँडको सहयोगमा साडी पनि बितरण गरेका थिए । यसैबीच, कार्कीले दिवंगत आमाको स्मृतीमा सञ्चालन गरेको फूलमाया कार्की फाउण्डेशनका तर्फबाट वेसहारा छोरीहरुको संरक्षणको क्षेत्रमा काम गर्दै आएको कुसुम साहारा घरका २ जना वालिकाहरु कक्षा १ देखि १२ सम्म निशुल्क पढाउने घोषणा गरेका छन् । फाउण्डेशनले यस बर्षबाट नै ७ जना बालवालिकाहरुलाई कक्षा १२ सम्म निःशुल्क पढाउने भएको छ । साथै कार्कीले फाउण्डेशनका तर्फबाट साहारा घरका वालबालिकाहरुलाई मातातीर्थ औंसीका दिन बुधवार निःशुल्क खाना खुवाएका छन् ।
फाउण्डेशनका तर्फबाट अहिलेसम्म असाह्य, बेसाहारा ४ जना बालबालिकाहरुलाई निःशुल्क पढाउने काम गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । गोरखाको पालुङ्टारमा रहेको ठाँटीपोखरी बालज्योती इंग्लिस बोडिङ स्कुलमा अध्ययनरत २ जना बालबालिकाहरुलाई फाउण्डेशनका तर्फबाट कार्कीले निःशुल्क पढाउदै आएका छन् । कलाकारीता पेशा मात्रै गर्नु कलाकारको काम नभई कलाकारहरूले समाज सेवामा अगुवाई गरे अन्य नागरिकहरूलाई पनि त्यसले प्रभाव पर्ने र सकारात्मक र सहयोगी समाज निर्माणमा सहयोग पुग्ने कार्कीले बताए । फाउण्डेशनले यसभन्दा अघि भरतपुर अस्पतालमा उपचार गराएकी सुस्त मनस्थिती भएकी बालिका शोभा श्रेष्ठ, क्यान्सर रोगबाट पिडीत काभ्रेका रामकुमार लामा, फोक्सो सम्वन्धि रोगबाट पीडित बनेर उपचार गराइरहेका लोक तथा दोहारी गायक सागर बोहोरा, दुबै खुट्टा नभएका धरानका मिनबहादुर तामाङ, साउदीमा मृत्युदण्डको सजाय सुनाइएका काभ्रेका रामचन्द्र तिमिल्सिना, लाई आर्थिक सहयोग गरेको छ । साथै संस्थाले लोक तथा दोहोरी गीत प्रतिष्ठानको भवन निर्माण, मनकामना मन्दिरको जीर्णोद्धारमा आर्थिक सहयोग गरेको अध्यक्ष बिरही कार्कीले जानकारी दिए । फाउण्डेशनमा हालसम्म स्वदेश र बिदेशमा गरी ५५ जना आजिवन सदस्य छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी