पत्रमात्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसित सहमति भएको हो : प्रधानमन्त्री

पत्रमात्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसित सहमति भएको हो : प्रधानमन्त्री

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई पठाइएको पत्रमात्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसित सहमति भएको जानकारी दिनुभएको छ ।

नवगठित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलसंगको भेटमा सो कुरा बताउँदै उहाँले सरकारले तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्ने कार्य भने फिर्ता नलिएको स्पष्ट पार्नुभयो । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल आज प्रम प्रचण्डलाई भेट गर्न बालुवाटारमा पुगेका थिए ।

सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का बीचमा व्यवस्थापिका–संसद् सञ्चालन गर्न सरकारले हाललाई तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्ने कार्य स्थगित गर्ने सहमति बुधबार भएपछि सदनको बैठक बुधबार नै सञ्चालन भएको थियो ।

सरकार र प्रमुख प्रतिपक्षी दलबीचको सहमतिकका विषयमा सो पार्टीका अध्यक्षमण्डलले प्रम प्रचण्डसित प्रम निवास बालुवाटारमा जिज्ञासा राखेको भेटपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिँदै आफूहरुको जनसङ्ख्याका आधारमा तराई मधेसको जिल्लाका गाउँपालिका तथा नगरपालिका पुनरावलोकन गर्नुपर्ने माग यथावत् नै रहेको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

उहाँले प्रम प्रचण्डले भेटमा आफूहरुलाई सरकार र प्रमुख प्रतिपक्षी दलका बीचमा सदन सञ्चालन गराउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई गरेको पत्रमात्र फिर्ता लिन सहमति भएको जानकारी दिनुभएको बताउनुभयो ।

उक्त दलले प्रम प्रचण्डलाई आफ्नो पार्टीको चुनाव चिह्न छातालाई मान्यता दिन निर्वाचन आयोगसित समन्वय गरिदिनसमेत आग्रह गरेको अध्यक्ष मण्डलका सदस्य महतोले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “हामीले विभिन्न छवटा पार्टी एकीकृत भई निर्माण भएको राष्ट्रिय जनता पार्टी नेपालका बारेमा पनि प्रमलाई जानकारी गरायौँँ ।”

राष्ट्रिय जनता पार्टी नेपालले सरकारद्वारा सदनमा प्रस्तुत संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको भन्दै यसलाई पारित गराउन सहयोग गर्ने जनाएको छ ।

व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव प्रस्तुत गरेको थियो उहाँले भन्नुभयो – “प्रस्ताव सकारात्मक छ, हामी पारित गराउन सहयोग गर्छौं ।”

प्रस्ताव पारित गराउने विषयमा प्रम प्रचण्डले भोलि ३ बजे सदनमा प्रतिनिधित्व गर्ने दलहरुसित छलफलसमेत गर्न लाग्नुभएको छ ।

प्रम प्रचण्डलाई भेट गर्न सो दलका अध्यक्ष मण्डलहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झालगायतको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ