काठमाण्डौ मेयरमा चर्चा चलेकी रन्जुलाई अमेरिकाका २१ वर्षीय मेयरले दिए शुभकामना (भिडियोसहित)

काठमाण्डौ मेयरमा चर्चा चलेकी रन्जुलाई अमेरिकाका २१ वर्षीय मेयरले दिए शुभकामना (भिडियोसहित)

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

१४ बैशाख, अमेरिका ।

काठमाडौँ महानगरपालिकाका लागि २१ वर्षीया रञ्जु दर्शना नगर प्रमुखकी उम्मेदवार रहेको चर्चा चलिरहेको बेला वाशिंगटन डीसी अमेरिकाको मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड सिटीका नगर प्रमुख (मेयर) ब्रानडन पलिन ले बिजयीका लागि अमेरिकाबाट शुभकामना संदेश दिएका छन् ।
रञ्जु कामपाका लागी नगर प्रमुखमा उठ्ने सुनेपछि उनले श्रब्य(दृश्य (भिडियो )मार्फत शुभकामना दिएका हुन् ।

अमेरिकाको मेरिल्याण्डको कार्यालयमा अप्रिल २६ तारिखका दिन बसेको बैठकको समाप्तिपछि नगर प्रमुख ब्रानडन पलिन, उपनगर प्रमुख नेपाली मूलका किरण सिटौला तथा नगर परिषद सदस्य कर्टिस स्मिथले नेपाली टोपी लगाएर एकै लहरमा बसी शुभकामना दिएका छन् ।

नगरपालिकामा निर्वा्चित भएकामध्ये २१ बर्षीय युवा नगर प्रमुख ब्रानडनले आफू पनि २१ बर्षीय हुँ र रञ्जु पनि २१ बर्षकी हुन् भन्दै बिजयीको कामना गरेका छन् ।

 

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा बसोबास गर्दै आएका किरण सिटौला इतिहास कोर्दै मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड सिटीको नगर उपप्रमुखमा निर्वाचन द्वारा सन् २०१५ मा बिजयी भएका हुन् ।

रञ्जुले चुनाव जिते मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेडका तर्फबाट नेपालमै गएर या अमेरिकाको भ्रमणमा ल्याएर भए पनि उनलाई सक्षम बनाउन तालिम लगायतका सहयो गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

२१ बर्षीय रञ्जु विवेकशील नेपाली दलका तर्फबाट काठमाडौंको नगर प्रमुखकी उम्मेद्वार हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी