काठमाण्डौ ,१४ बैशाख ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित ‘नौ दलीय गठवन्धन’को बैठक आज बस्दै छ ।
संघिय गठबन्धनको माघ सम्बोधनका लागी भन्दै संसदमा दर्ता गराएको संबिधान संसोधन बिधेयक असफल पार्ने रणनीति बनाउन बैठक बस्न लागेको एमाले कार्यलय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा मध्यान्ह १२ बजे बस्ने बैठकमा संसोधन बिधेयकको बिपक्षमा रहेका नेकपा माले ,राष्ट्रिय जनमोर्चा , नेमकिपा लगायत नौ दल सहभागी हुने उहाँले बताउनु भयो ।
बैठकमा सरकारले संसदमा दर्ता गराएको संसोधन बिधेयक असफल बनाउने रणनितिका बिषयमा छलफल हुने बताईएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दुई तिहाई पुर्याएर बिधेयक पास गराउने बताईरहेका बेला प्रमुख प्रतिपक्षी दल भने यसलाई असफल बनाउने रणनितिमा लागेको हो ।
यसैबीच प्रमुख प्रतिपक्षी दल एमालको स्थाई समिति बैठक आज पनि बस्दै छ ।
एमालेले आज स्थानिय तह निर्वाचनका लागी पार्टीको घोषणापत्र , महानगर तथा उपमहानगर र नगरपालीकाको उम्मेदवार टुङग्याउने तयारी गरेको छ ।
केहि दिनदेखि अध्यक्ष केपि ओली निवास वालकोटमा जारी स्थाई समिति बैठकमा सदस्य तथा प्रदेश तहबाट आएको सुझावका आधारमा घोषणापत्रलाई अन्तिम रुप दिन लागेको हो ।