दुईवटा बाह्रसिङ्गे चितवन निकुञ्जमा छाडियो

दुईवटा बाह्रसिङ्गे चितवन निकुञ्जमा छाडियो

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

चितवन, १४ वैशाख ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा बाह्रसिङ्गेलाई आज बिहान चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।

आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पदमपुर ब्लकमा ल्याएर छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । राति २ बजे ल्याइपु¥याइएको बाह«सिंगेलाई आज बिहान मात्रै अर्ना राखिएको क्षेत्रमा छाडिएको उहाँको भनाई छ ।

सरकारी निर्णयअनुसार वंश संरक्षण र विस्तारका लागि चितवन निकुञ्जमा यसरी पहिलो चरणमा दुईवटा पोथी बाह्रसिङ्गे ल्याइएको हो । अझै २३ वटा ल्याइने निकुञ्जले जनाएको छ ।

चितवनबाट शुक्लाफाँटा पुगेका प्राविधिक टोलीले हिजो (बुधबार) बाह्रसिङ्गेलाई जालमा पारेर समाएको थियो ।

निर्वाचनका लागि कर्मचारी नखटाउँदासम्म बाह्रसिङ्गे ल्याउने काम जारी रहने चितवन निकुञ्जले जनाएको छ । विसं २०७१ को सरकारी निर्णयअनुसार चितवनमा पाँच भालेसहित २५ बाह्रसिङ्गे ल्याइनेछ ।

यसअघि कोसीटप्पु र चिडियाघरबाट गरी १५ वटा अर्ना चितवन निकुञ्जमा ल्याइसकिएको छ । बाह्रसिङ्गे नियन्त्रणमा लिन चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिक गरी ३० जनाको टोली खटिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सन् १९६० को दशकमा अर्ना रहेको इतिहास भएपनि निकुञ्ज स्थापनापछि बाह्रसिङ्गे र अर्ना नभएको निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामपृत यादव बताउनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ