पुणे, वैशाख १४ ।
कोलकाता नाईट राईडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
पुणेमा भएको खेलमा राइजिङ पुणे सुपरजाइन्ट्सलाई ७ विकेटले हराउदै कोलकाता नाईट राईडर्स शिर्ष स्थानमा पुगेको हो ।
१ सय ८३ रनको लक्ष्य कोलकाताले ११ बल बाँकी हुँदा ३ विकेट गुमाएर पुरा र्गयो । कोलकाताको जितमा रोविन उथप्पाले ८७ तथा गौतम गाम्भिरले ६२ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको पुणेले निर्धा्रित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । पुणेका लागि कप्तान स्टेभेन स्मिथले अविजित ५१ रन तथा अजिन्क्या राहानेले ४६ रन जोडेका थिए ।
८ मध्ये ६ खेल जितेको कोलकाताको १२ अंक छ । ४ खेल जितेको पुणे भने ८ अंकको साथ चौथो स्थानमा समेटिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline