वीरगन्ज , १४ बैशाख ।
वीरगन्जमा जारी विशाल मेमोरियल गोल्डकप फुटबलको अन्तिम सेमिफाईनल खेल आज हुदैछ ।
नारायणी रंगशालामा अपरान्ह साढे तीन बजेहुने खेलमा आज त्रिभुवन आर्मि र जनजागृति युवा क्लव सिमराबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुबै टोली जित आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रदैछन् । आजको विजेता टोलीले फाईनलमा सीएमजी संकटा क्लबसँग भिड्नेछ ।
यसअघि बुधवार भएको पहिलो सेमिफाईनलमा विभागिय टिम नेपाल पुलिसलाई ३ ० ले पराजित गर्दै संकटा फाईनल पुगिसकेको छ ।
फाईनल भिडन्त भने आगामि शनिवार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैया पुरस्कार पाउनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline