राजपा अध्यक्ष मण्डलको बैठक आह्वान , आन्दोलनको घोषणा गर्दै

राजपा अध्यक्ष मण्डलको बैठक आह्वान , आन्दोलनको घोषणा गर्दै

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ ,१४ बैशाख ।

सरकारले आफुहरुसँग गरेको सहमती तोडेको भन्दै आन्दोलनको चेतावनी दिएको राष्ट्रिय जनता पार्टी नेपालले आज नयाँ रणनीती तयार गर्दै छ ।

सत्तारुढ घटक र प्रमुख प्रतिपक्षी एमालेबीच स्थानिय तह सङख्या तत्काल नथप्ने सहमती भएपछि राजपाले आज अध्यक्ष मण्डलको बैठक बसि आन्दोलनको स्वरुप तयार गर्न लागेको हो ।

जनसङख्याको आधारमा ११ जिल्लामा स्थानिय तहको सङख्या बढाउने सरकारले आफुहरुसँग सहमती गरेपनि सरकारले त्यसको अवज्ञा गरेपछि थप आन्दोलनको तयारीका लागी राजपाले अध्यक्ष मण्डलको बैठक बोलाएको छ ।

त्यसअघि आज हिजो राति अबेर भएको सहमतीका बारेमा पहिले सरकारको धारणा बुझ्ने राजपाका नेता राजकिशोर यादवले बताउनु भयो ।

बैठक विजुली बजार स्थित पुरानो तमलोपाको कार्यलयमा बस्ने तय भएपनि समय भने यकिन नभएको उहाँले बताउनु भयो ।
नेता यादवले निर्वाचन नगर्ने नियतका साथ सरकारले एमालेसँग सहमती गरेको भन्दै सरकारको धारणा बुझेर मात्रै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभयो ।

आजको बैठकमा सरकारसँग भएको सहमतीको समिक्षा गर्नुका साथै आगामि आन्दोलनका कार्यक्रम घोषणा गर्ने राजपाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ