राप्रपा पार्टीद्वारा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक

राप्रपा पार्टीद्वारा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, बैशाख १३ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरस्थित होटल हिमालयमा आज एक कार्यक्रमको आयोजना गरी राप्रपा अध्यक्ष कमल थापा र पशुपति शम्सेरद्वारा पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणा पत्र सार्वजनिक गरेका छन् ।

राप्रपाको घोषणपत्रमा आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्यसहित, धर्म परिवर्तनमा रोक लगाउने तथा यससम्बन्धि कानुन बनाउने, प्रत्येक स्थानीय तहका कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर अनिवार्य राख्न लगाउने देखि गाई पाल्नेलाई विशेष प्रोत्साहन दिनेसम्मका प्रतिबद्धता उल्लेख गरिएको छ ।

साथै राप्रपाले प्रत्येक नगरपालिकामा सिटी बस, सबै गाउँपालिकामा सार्वजनिक यातायात, हरेक घरमा बिजुली र पानी तथा ५ वर्षभित्र प्रत्येक वडामा मोटरबाटो पु¥याउने विषयलाई पनि घोषणपत्रमा समावेश गरेको छ । त्यसैगरि राप्रपाले गाउँनगरपालिकाहरूको आफ्नो कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिने बताएको छ ।

स्थानीय तहबाट अनुदान प्राप्त गर्ने विद्यालयहरूमा माध्यामिक तहसम्मको पढाइ निःशुल्क गर्ने उसले बताएको छ ।

राप्रपाले प्रत्येक स्थानीय तहमा कम्तिमा २५ बेडको एक अस्पताल निर्माण गर्ने बताएको छ । गाउँ र नगरपालिकाहरूमा स्वास्थ्य उपचार कोष स्थापन गर्ने र क्यान्सर लागेका एवं मृगौला फेल भएका बिरामीहरूलाई एक लाख औषधोपचार खर्च दिने घोषणा पत्रमा उल्लेख गरिएको छ । प्रत्येक वडामा दुई जना महिला स्वास्थ्य स्वयंसेविका नियुक्त गर्ने, पाँच बर्षभित्र सबै नागरिकको स्वास्थ्य वीमा गर्ने र विपन्न परिवारमा जन्मिएका शिशुलाई पाँच हजार रुपैयाँ सुपोषण अनुदान दिने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ