अध्यक्ष ओली : पछिल्लो संविधान संशोधन प्रस्ताव राष्ट्रको हित विपरित

अध्यक्ष ओली : पछिल्लो संविधान संशोधन प्रस्ताव राष्ट्रको हित विपरित

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, बैशाख १३ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताएका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १८औँ स्मृति दिवसमा सानेपामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पहिलोपटक ल्याएको संविधान संशोधनको प्रस्तावभन्दा पनि अहिलेको झनै राष्ट्रहित विपरीत रहेकाले मुलुकलाई दूरगामी असर पार्ने बताए ।

केही दलको स्वार्थसिद्धीका लागि संविधान संशोधन गर्न तयार रहने सरकारले प्रमुख प्रतिपक्ष दलको भावनालाई सम्बोधन गर्नुपर्ने उनको भनाई थियो ।

सरकारले यही वैशाख ३१ मा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको बताउँदै उनले भने, “सरकारले एकैपटक निर्वाचन सम्पन्न गर्ने निर्णयबाट पछि हटेको छ, बजेटपछि दोस्रो चरणको निर्वाचन गर्न मिल्दैन, बजेट अगाडि चुनाव सम्पन्न गर्नुपर्छ ।”

पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि मजदुर आन्दोलन, भारतको मुक्ति सङ्ग्रामलाई सफल बनाउन स्व अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।

मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले नेपाल तथा भारतको राजनीतिक विकास क्रममा स्व अधिकारीले पुर्याएको योगदानको चर्चा गरे ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत अन्य नेताले अधिकारीको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा चढाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ