एमालले बैतडीका १० वटै स्थानका उम्मेदवारको टुङ्गो लगायो

एमालले बैतडीका १० वटै स्थानका उम्मेदवारको टुङ्गो लगायो

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

बैतडी, १३ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटीले १० वटै स्थानका उम्मेदवारको टुङ्गो लगाएको छ ।

दशरथचन्द नगरपालिकामको प्रमुखमा देवदत्त भट्ट र उपप्रमुखमा सरस्वती नेपाली, पाटन नगरपालिको प्रमुखमा नरेस विक र उपप्रमुखमा जानकी अवस्थी, मेलौली नगरपालिकाको प्रमुखमा जगदीश नायक र उपप्रमुखमा मानमती भट्ट तथा पुर्चौडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर कुँवर र उपप्रमुखमा जानकी साउदको नाम सिफारिस गरिएकोे हो ।

यसैगरी सिगास गाउँपालिकाको अध्यक्षमा जसवीर बोहरा र उपाध्यक्षमा भृकुटी चन्द, डिलासैनी गाउँपालिकाको अध्यक्षमा ओकेन्द्र बोहरा र उपाध्यक्षमा पार्वती राना, दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्की, सुर्नया गाउँपालिकाको अध्यक्षमा नरेन्द्र विष्ट र उपाध्यक्ष लिलावती विष्ट, शिवनाथ गाउँपालिकाको अध्यक्षमा भरत मडै र उपाध्यक्षमा कुश्मा चन्द तथा पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा बिना भट्टको नाम सिफारिस गरेको जनाइएको छ ।

नेकपा ९माओवादी केन्द्र०ले यसअघि नै १० वटै तहका उम्मेदवारको टुङ्गो लगाइसकेको छ तर नेपाली काँगे्रसमा भने उम्मेदवारका आकाङ्क्षी बढी देखिएकाले सकस भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ