काठमाण्डौ, बैशाख १३ ।
सरकारले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद बैठकमा पनि अवरोध र्पुयाएको छ ।
तराईका ११ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने विषयमा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले दिएको जवाफले चित्त नबुझेपछि एमालेले आज दोस्रो दिन संसद बैठक अवरुद्ध गरेको हो ।
स्थानीय निकाय पुनर्संरचना आयोगकै प्रतितवेदनविपरीत र निर्वाचन कार्यक्रम घोषणा भइसकेको अवस्थामा संख्या थप्न र सीमा चलाउन नमिल्ने तर्क एमालेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संविधानले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलाई कसैले चुनौती दिन नसक्ने व्यवस्था गरेको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline