प्रचण्डले दोहोरो चरित्र देखाए : ओली

प्रचण्डले दोहोरो चरित्र देखाए : ओली

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ १३ वैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको चरित्र विचित्र भएको भन्दै चर्को आलोचना गर्नुभएको छ । उहाँले प्रधानमन्त्री दाहालले पटकपटक बोली फेर्ने गरेको भन्दै दोहोरो चरित्र नदेखाउन आग्रह समेत गर्नुभयो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १८ औं स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताउनुभयो ।

राजनीतिक सहमतिका लागि एमाले बाधक भएको भन्ने आरोपको खण्डन गर्दै ओलीले राष्ट्रिय हितमा हुने कुनै पनि विषयमा आफूहरु बाधक नबन्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले मनमोहन अधिकारी सामाजिक आन्दोलनका अगुवा र बहुमुखी प्रतिभाका धनी भएको भन्दै नेपाली जनताको पक्षमा उहाले र्पुयाउनु भएको योगदानको चर्चा समेत गर्नुभयो ।

कार्यक्रममा स्वर्गीय अधिकारीको प्रतिमामा माल्यार्पण गरिएको थियो । बिक्रम सम्बत १९७८ सालमा काठमाण्डौंमा जन्मिनु भएका अधिकारीको २०५६ साल बैसाख १३ गते निधन भएको थियो ।

नौं महिना मात्र सत्तामा रहनु भएका अधिकारीको कार्याकाल अत्यन्त सफल मानिन्छ । २०५१ सालको निर्वाचनमा कुनै पार्टीले स्पष्ट बहुमत ल्याउन नसकेपछि सबैभन्दा ठुलो दलको हैसियतमा अधिकारी मुलुकको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ