मनै रुवाउने गित “आमा खै कसरी सुन्छिन्”

मनै रुवाउने गित “आमा खै कसरी सुन्छिन्”

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ ,१३ बैशाख ।

आमाको मुख हेर्ने दिनको अबसरमा आफ्नो सन्तानको खुशीका लागि आफ्नो सारा खुशी त्याग्न सक्ने आमाप्रतिको भक्ति, सम्मान र आदरको भाब लाई उठान गर्ने गीत “आमा ” रिलिज भएको छ ।

गायक स्वरुप राज आचार्यको स्वरमा सजिएको “आमा खै कसरी सुन्छिन्” बोलको गीतको भिडियो सार्बजनिक गरिएको हो । सागर ज्ञवालीको शब्द रहेको उक्त गीत केहि समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको हो ।

गैरे सुरेशको कम्पोज र सचिन सिंहको एरेन्ज रहेको यस गीतको भिडियोमा रंगकर्मी अरुणा कार्की, भोला तिमल्सिना, अमृता खनाल र रिदम सुवेदिको निकै नै मन छुने अभिनय गरेका छन् ।

भिडियोलाई गीतकार सागर ज्ञवाली आफैले निर्देशन गरेका हुन् ।

मातृत्व को भावलाई भिडियोले कलात्मक रुपमा उठान गरेको छ । जितेन्द्र राजोपाध्याय को सम्पादन रहेको भिडियो लाई अमित ठाकुरले खिचेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी