संसदको अबरोध हटाउनेबारे शिर्ष नेताहरु छलफलमा जुट्दै

संसदको अबरोध हटाउनेबारे शिर्ष नेताहरु छलफलमा जुट्दै

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ १३ वैशाख ।
दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयसँगै उत्पन्न राजनीतिक गतिरोधन अन्त्य गर्ने पहल स्वरुप मुख्य पाँच दलको बैठक आज बस्दैछ ।

बिहान साँढे १० बजेपछि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा संविधान संशोधन विधेयक, स्थानीय निर्वाचन र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रदेश नम्बर २ र ५ का ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष एमालेले हिजो संसद बैठक अवरुद्ध गरेपछि संशोधन विधेयक अघि बढ्न सकेको छैन ।

यस्तै दुई चरणको चुनाव घोषणा, पहिलो र दोस्रो चुनावको एक महिनाको अन्तर, चुनावअघि बजेट ल्याउने लगायतका विषयमा पनि एमालेले असहमति जनाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ