इङ्लिस प्रिमियर लिगमा चेल्सीद्धारा साउथह्याम्पटन पराजित

इङ्लिस प्रिमियर लिगमा चेल्सीद्धारा साउथह्याम्पटन पराजित

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, बैशाख १३ ।

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथह्याम्पटनलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टाले दुई गोल गरे भने एडिन हाजार्ड र ग्यारी केहिलले एक–एक गोल थपे ।

साउथह्याम्पटनका लागि पूर्व चेल्सी खेलाडीहरु ओरियोल रोमेउ र रायन बट्र्रान्डले एक–एक गोल गरेपनि त्यो जितका लागी पर्याप्त बनेन ।

यो जितपछि चेल्सीले प्रिमियर लिगको उपाधि दावेदारी झनै बलियो पारेको छ । लिगमा ३३ खेलबाट चेल्सीको ७८ अंक छ ।

एक खेल कम खेलेको टोटनह्याम हट्सपरको ७१ अंक छ भने ३४ खेलबाट ६६ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ ।

प्रिमियर लिग फुटबलमा आज राती तीन खेल हुनेछन् । आज आर्सनल र लेष्टर सिटी , मिडिल्सब्रो र सण्डरल्याण्ड तथा क्रिष्टल प्यालेस र टोटनह्याम हट्सपर भिड्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी