खेस्राहामा मुसहर भन्छन् : भोट माग्ने नेतालाई मुखभरीको जवाफ फर्काएर पठाउँछौ !

खेस्राहामा मुसहर भन्छन् : भोट माग्ने नेतालाई मुखभरीको जवाफ फर्काएर पठाउँछौ !

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

वीरगन्ज, १३ बैशाख । 

पर्साको पकाहा मैनपुर गाउँपालिका ४ खेस्राहामा रहेको मुसहर बस्तीमा भने अहिलेसम्म चुनावी चहलपहल देखिएको छैन । सरकार र मधेसी मोर्चाबीचको पछिल्लो सहमतिसँगै चुनावी गतिविधि बढे पनि खेस्राहाको मुसहर बस्तीमा भने चुनावको कुनै चहलपहल नभएको स्थानीय मुसहर बताउँछन् ।

विगतमा भएका चुनावमा अनेक आश्वासन दिएर चुनाव जितेका दल र तीनका नेताहरूले मुसहर बस्तीका लागि केही नगरेकाले यस पटकको चुनावमा मुसहर बस्तीमा कुनै उत्साह नभएको स्थानीय बबिता माझिन् मुसहरले बताउनुभयो ।विगतामा धेरै चुनाव भए, नेताहरूले चुनावका बेला मीठामीठा लालसा देखाएर चुनाव जिते तर अहिलेसम्म हाम्रा लागि केही गरेका छैनन् ‘, उहाँले भन्नुभयो, ‘ चुनावले ठूलाबडाका लागि मात्रै फाइदा भएको छ । हामी गरिब मुसहरका लागि कुनै नेताले कही पनि गरेका छैनन् । ‘

मुसहर बस्तीकै अन्हिया माझिन्ले चुनावका बेला धेरै नेताहरूले आश्वासन बाँडेर भोट लिए पनि अहिलेसम्म कसैले केही नगरेकाले यस पटकको चुनावलाई लिएर आफूहरूमा कुनै उत्साह नभएको बताउनुभयो ।’आफ्नो न त घर छ, न त खेतीबारी नै छ ‘, उहाँले भन्नुभयो, ‘ऐलानी जग्गामा बनाएको घर पनि सरकारले हटाउन लगाएर सडक बनाएपछि झन् समस्या भएको छ । ‘

‘चुनावको फाइदा लुट्ने ठूलाबडाले हो । हामी गरिबसँग त भोट मात्रै लिन्छन् । जितेर गएपछि नाकमुख देखाउँदैनन् ‘, मंगलबार बिहान मुसहर बस्तीमा भेटिनुभएका दुखा माझी मुसहरले भन्नुभयो, ‘अहिलेसम्म भोट हालेर हामीले केही पाएका छैनांै । अब त भोट पनि नदिऊँ कि जस्तो लाग्दैछ । ‘
सरकारले मुसहरका लागि बजेट दिए पनि गाउँघरका नेताले आपसमा बाँडेर भागबण्डा लगाउने गरेको भन्दै ललिता माझिन् मुसहरले भन्नुभयो, ‘जबजब चुनाव आउँछ, धेरै नेताहरू मुसहर बस्तीमा आउँछन् । हात जोडेर नमस्कार नै गर्छन् । हाम्रा दुःखसुखको कुरा पनि गर्छन् । यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर आश्वासन बाँड्छन् तर जितेर गएपछि फेरि केहिल्यै पनि फर्केर आउँदैनन् । ‘

चुनाव आउँदैछ भन्ने सुनेको भए पनि गाउँमा अहिलेसम्म कुनै पनि नेता नआएको स्थानीय सुकई माझी मुसहरले बताउनुभयो । ‘हामी त नेताहरूलाई कुरेर बसेका छौं ‘, उहाँले भन्नुभयो, ‘भोट माग्ने नेतालाई मुखभरीको जवाफ फर्काएर पठाउँछांै । ‘ खेस्राहाको मुसहर बस्तीमा यो समुदायको ३० घरधुरी छ । बर्सौदेखि बसोबास गर्दै आएका मुसहरको आफ्नो जग्गा नभएका कारण ऐलानी जग्गामा घर बनाएका छन् ।-अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ