काग्रेसलाई बहुमत दिलाउनेगरी निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन

काग्रेसलाई बहुमत दिलाउनेगरी निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, वैशाख १२ ।

नेपाली कांग्रेसले पार्टीलाई बहुमत दिलाउनेगरी निर्वाचनमा एक जुट भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको शीर्ष नेताहरुको बैठकले पार्टीलाई बहुमत ल्याउने गरी जुट्न निर्देशन दिएको कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले बताउनु भयो ।

बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले गुट उपगुटभन्दा माथि उठेर जित्ने व्यक्तिलाई उम्मेदवार बनाउन पार्टीले तल्ला कमिटीहरुलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

बैठकले जिल्ला, प्रदेशमा उम्मेदवार चयन गर्न र पार्टीका आधिकारिक निर्णय कार्यान्वयन गर्न यसअघि दिएको निर्देशन संशोधन गर्ने निर्णय पनि गरेको छ ।

आजको बैठकमा बोल्ने अधिकाशं नेताहरुले पार्टीलाई निर्वाचनमा परिचालन गर्न र ग्रामिण तहसम्म पार्टी गतिविधि र्पुयाउनका लागि संयन्त्र गठन गर्न नेताहरुले जोड दिएका थिए ।

पार्टीले यसअघि नै उम्मेदवार चयन गर्न जिल्ला र प्रदेशलाई जिम्मेवारी दिइसकेको छ ।

बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी आज सार्वजनिक गरिने घोषणा पत्र र निर्वाचनमा नेपाली कांग्रेसले बनाउनु पर्ने रणनीतिबारे पनि छलफल भएको थियो ।

यसैबीच , स्थानीय तह निर्वाचनका लागि तयार पारेको चुनावि घोषणापत्र आज अपरान्ह ३ बजे पार्टी कार्यालय सानेपामा सार्वजनिक गर्ने काग्रेसको तयारी छ ।

तीन वर्ष भित्र १० प्रतिशतले अािर्थक वृद्धिदर हासिल गर्ने योजना र कार्यक्रम सहितको घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । उक्त घोषणापत्र महेश आचार्य नेतृत्वको मस्यौदा समितिले तयार पारेको हो ।

कृषि र पर्यटन क्षेत्रको विकासलाई जोड दिदै कंग्रेसले उद्योग र लगानी मैत्री वातावरण तथा स्थानीय तहबाटै लगानीको वातावरण बनाउनु पर्ने ठहर गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ